Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

मुस्ताङको पेरिसडाँडामा बन्ने भयो माओवादी कार्यालय, प्रचण्डले गरे शिलान्यास

मुस्ताङको पेरिसडाँडामा बन्ने भयो माओवादी कार्यालय, प्रचण्डले गरे शिलान्यास

बिहिवार , जेठ ३०, २०८२

मुस्ताङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४, भ्रप्सोस्थित पेरिसडाँडामा निर्माण गरिने पार्टीे कार्यालय भवनको शिलान्यास गरेका छन् ।

बौद्ध परम्पराअनुसार उनले भवनको शिलान्यास गरेका हुन् ।

६ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२, छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका नेकपा ९माओवादी केन्द्र० जिल्ला समन्वय समितिका इन्चार्ज धीरेन्द्र विकले जानकारी दिए ।

त्यस अवसरमा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि संगठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै, उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता–कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077