काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ ।
कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा केहीबेरअघि मतदान सुरु भएको हो ।
हिजै साँझ उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले बिहानै मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।
४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् ।
उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।
महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।
महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उमेदवार भएकाले एकजनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ ।
अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदै छ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो ।