Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

मेयर बालेन र उपमेयर सुनिताको वार्ता : कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमती

मेयर बालेन र उपमेयर सुनिताको वार्ता : कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमती

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । काठमाडौं महानगर कार्यपालिकाको बैठक पुस १४ गते यता बस्न सकेको छैन ।

कार्यपालिका बैठक बस्न नसक्दा नीतिगतरूपमा निर्णय भएका छैनन् ।

आउँदो असार १५ गते ल्याउनुपर्ने वार्षिक बजेटका लागि कुनै तयारी भएको छैन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ ।

केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।

बैठकमा बालेनले चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत भएका छन् ।

यसका लागि एजेन्डाहरू तय गर्ने विषयमा छलफल भएको थियो । छलफललाई निरन्तरता दिने बताइएको छ ।

अब भने कार्यपालिका र नगरसभा बसेर निर्धारित समयमा बजेट आउनेमा महानगरका जनप्रतिनिधिहरू आशावादी देखिएका छन् ।

कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077