Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

नेपाल-भारत निकटताले नागरिकका आर्थिक समृद्धिको आधार बनोस् : परराष्ट्रमन्त्री राणा

नेपाल-भारत निकटताले नागरिकका आर्थिक समृद्धिको आधार बनोस् : परराष्ट्रमन्त्री राणा

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको बताएकी छन् ।

नेपाल–भारत रणनीतिक संवादसम्बन्धी बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको बताइन् ।

दुई देशबीचको निर्वाध सम्पर्क सञ्जालले क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलाहरूमा सहयोग पुग्ने उनको भनाई थियो ।

नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको बताउँदै उनले भनिन्,  ‘म एउटा यस्तो भविष्यको प्रतिक्षामा छु कि यो त्यस्तो निकटता होस् कि दुई देशका नागरिकको आर्थिक समृद्धिको आधार बनोस् ।’

विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको भन्दै उनले अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077