Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

दुई सातादेखि अवरुद्ध संसद खुलाउन कांग्रेस, एमाले र माओवादीको बैठक बस्दै

दुई सातादेखि अवरुद्ध संसद खुलाउन कांग्रेस, एमाले र माओवादीको बैठक बस्दै

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश नै गर्न सकेको छैन ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

उनीहरुले जेठ १५ गते बजेट भाष्ण नरोकेपनि त्यसयता भने संसद चल्न दिएका छैनन् ।

दुई सातादेखि अवरुद्ध संसद बैठक खुलाउने बारे सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख प्रतीपक्षी दल नेकपा माओवादी केन्द्रसँग छलफल गर्ने भएको छ ।

विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

अख्तियारले अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको अनुसन्धान गर्ने गरी सरकारले आवश्यक निकाय वा संयन्त्र बनाउने प्रतिवद्धता जनाउने गरी सहमतिको प्रयास जारी छ ।

यसमा कांग्रेस, एमालेसँगै माओवादी पनि सहमत रहेको एमाले नेताहरूको दाबी छ ।

यद्यपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने अस्वीकार गर्दै आएको छ ।

सहमतीको लागि पाँच बुँदे प्रस्ताव राखेको रास्वपाले संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने अडान लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077