Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कँडेल फ्रुट्सले फलफ्रुट्स ब्राण्डमा ५० वटा आउटलेट सञ्चालनमा ल्याउँदै

कँडेल फ्रुट्सले फलफ्रुट्स ब्राण्डमा ५० वटा आउटलेट सञ्चालनमा ल्याउँदै

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । झण्डै २५ वर्षदेखि फलफूल व्यवसाय गर्दै आएको कँडेल फ्रुट्सले नयाँ कम्पनी फलफ्रुट्स ब्राण्डमा मुलुकभर ५० वटा आउटलेट विस्तार गर्ने भएको छ।

सोल्टीमोड चोकस्थित फलफ्रुट्सको पहिलो आउटलेट सञ्चालनमा ल्याएको कँडेल फ्रुट्सले आउँदो ५ वर्षमा मुलुकभर आउटलेट संख्या ५० वटा पुर्याउने व्यावसायिक योजना बनाएको सञ्चालक अग्नी कँडेलले बताए।

सन् १९९९ मा उनले सोह्रखुट्टे स्थित हालको फलफूलचोकबाट आफ्नो व्यवसाय सुरु गरेका थिए ।

‘दैनिक खानपिनमा फलफूलको भुमिका विशेष रहँदै आएको छ। हामीले ताजा र स्वास्थ्यकर फलफूल उपभोक्ताको घर घरमा पुर्याउने उद्देश्यले फलफ्रुट्समार्फत औपचारिक सेवा सुरु गरेका हौं’, सञ्चालक कँडेलले भने–‘फलफूल कृषक र उपभोक्तासँग नजिक रहि कृषि र पर्यटनलाई जोड्नु हाम्रो मुख्य उद्धेश्य हो।'

उनका अनुसार १० लाख रुपैयाँमै विस्तार गर्न सकिने एउटा आउटलेटमा ५ जनाले रोजगार पाउन सक्नेछन्। आउटलेट सञ्चालनमा इच्छुक व्यक्ति वा संस्थाका लागि कम्पनी आफैंले व्यवस्थापन गरिदिने योजना रहेको उनले बताए ।

निकट भविष्यमा कम्पनीले आफ्नो सेवा उपभोक्ताको घरघरमै पुर्यायउनका लागि इ–कमर्स प्लाटफर्म प्रयोगमा ल्याउने पनि उनले बताए।

उनले भने–‘अहिलेको औपचारिक यात्रालाई ट्रायलका रुपमा लिएका छौं। निकट भविष्यमा हामीले फ्रुट्स क्याफेको अवधारणा सहितको आउटलेट पनि सञ्चालनमा ल्याउने योजना बनाएका छौं । स्वदेशमा बस्दा केहि हुँदैन भन्ने निराशाजनक भाव हटाउने पनि आउटलेटको योजना सुरुवात गरेका हौं ।’

आउटलेटमा नेपालमै उत्पादन हुँदै आएको सिजनल फलफूललाई विशेष प्राथमिकतामा राखि उपभोक्तामाझ उपलब्ध गराउने उनले जानकारी दिए। यसका लागि मुलुकका विभिन्न क्षेत्रमा रहेका समुदायसँगको सहकार्यका लागि गृहकार्य सुरु भएको उनले बताए।

उनले भने–‘नेपालमै उत्पादन हुँदै आएको फलफूलले पर्यारप्त प्राथमिकता पाएको छैन। हाम्रो मुल उद्देश्य नै नेपाली सिजनल फलफूल विक्री वितरण गर्नु हो । यसका लागि हामीले गाउँ समुदायमा गएर फलफूल उत्पादन, व्यवस्थापन र विक्री साक्षरता अअभियान नै सुरु गरिसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077