Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बालेन शाहविरुद्ध अख्तियारमा उजुरी

बालेन शाहविरुद्ध अख्तियारमा उजुरी

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबी गर्दै अधिवक्ता युवराज सफलले बालेनविरुद्ध उजुरी दर्ता गराएका हुन्।

सफलले लिफ्ट जडानको प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको उल्लेख गर्दै प्रतिस्पर्धाविना, टेन्डर र कोटेसन नबोलाई लिफ्ट जडान गरिएकोप्रति आपत्ति जनाएका छन्।

उजुरीमा लिफ्ट जडानसम्बन्धी सम्पूर्ण कागजात सङ्कलन गरी छानबिन गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077