काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक मत भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को सङ्गठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ ।
बिहीबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक मत भएको उनले बताएका छन् ।
हाल सङ्घीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको सङ्गठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक मत रहेको बैठकको पहिलो चरणको निस्कर्ष भएको झाले जानकारी गराएका छन् ।