Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० जनाविरुद्ध मुद्दा दायर,साढे २ करोड भ्रष्टाचार गरेको आरोप

चक्रघट्टाका पूर्वअध्यक्ष यादवसहित १० जनाविरुद्ध मुद्दा दायर,साढे २ करोड भ्रष्टाचार गरेको आरोप

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब साढे २ करोड भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले १० जनासँगै स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल विरुद्ध पनि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमका लागि छुट्याएको बजेट टुक्रा टुक्रा पारेर खरिद गरेको कार्यक्रमा अनियमितता गरेको भेटिएको आयोगले जनाएको छ ।

उनका अनुसार तत्कालिन अध्यक्ष यादवसँगै तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाहा, सहायक पाचौँ (लेखापाल)संजयकुमार ठाकुर, सहायक पाचौँ एवम जिन्सी शाखा प्रमुख रामकैलाश राययादव, सब–ईन्जिनियर सन्तोष राय र राजु रायका विरुद्ध मुद्दा दायर गरिएको छ ।

उनीहरुविरुद्ध जनही २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँको बिगो दाबी सहित जरिवानाको माग गरिएको छ ।

साथै स्काई राइय ट्रेडिङ कन्सर्न मलंगवा सर्लाही तथा उक्त कम्पनीका प्रोप्राइटर जयप्रकाश यादव, एसके स्टोर्स मलंवगा तथा उक्त कम्पनीका प्रोप्राइटर रंजुकुमार शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल मलंगवा तथा उक्त कम्पनीका प्रोपाइटर संगिता कुमारीलाई पनि प्रतिवादी बनाइएकोमा  जनही ९५ लाख २३ हजार ९१० बिगो दाबी तथा जरिवानाको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077