Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा : हितेन्द्रदेव

विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा : हितेन्द्रदेव

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्‍याएको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै उनले भने, ‘नेपाल विद्युत प्राधिकरण अहिले कठिन अवस्थामा छ। प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन।’

आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077