काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय उच्चस्तरीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहने बताएको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले संसदीय उच्चस्तरीय छानबिन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् ।
सांसद झाले लुटिएको नेपालीले न्याय पाउनुपर्ने भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरे।
सांसद झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री, कर्मचारीलगायतको संलग्नता रहेको दाबी गरेको छ। उनले अख्तियारले गृह मन्त्रालयलाई अध्यागमनमा बदमासी भइरहेको छ भनेर ९ पटक पत्र काटेको पनि बताए।