काठमाडौं । गृहमन्त्री रमेश लेखकले नक्कली पीडित खडा गरेर किर्ते र जालसाजी गर्ने व्यक्तिलाई खोजेर कारबाही गर्ने चेतावनी दिएका छन् ।
आज बसेको संसद् बैठकमा भाग लिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।
लेखकले आफूविरुद्ध पार्टी कार्यालयमा बोलाएर नक्कली पीडित खडा गर्न खोजिएको आरोप समेत लगाए ।
नक्कली पीडित खडा गराउने र नक्कली जाहेरी लेख्ने विषयमा आफू जानकार भएको बताउँदै उनले भने, ‘त्यस्ता किर्ते र जालसाजी काम नगर्न आग्रह छ। नक्कली पीडितहरूलाई खडा गराउनेहरूलाई पत्ता लगाएर कारबाही गरिनेछ ।’