Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बोल्न र लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्नु हुँदैन : राजेन्द्र लिङ्देन

बोल्न र लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्नु हुँदैन : राजेन्द्र लिङ्देन

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्न पाउने तथा लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा सांसद लिङ्देनले बोलेको र लेखेकै आधारमा मानिसलाई पुर्जी काट्ने काम गरेकोप्रति विरोध गर्दै यस प्रकारको कामबाट सरकारलाई पछाडि हट्न आग्रह गरेका हुन ।

उनले शान्तिपूर्ण आन्दोलन एक घटकका कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा भेट्न गएका दीपकबहादुर सिंहलाई प्रहरीले नियन्त्रण गर्नु संविधानविपरीत भएको बताए ।

सांसद लिङ्देनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा जानेलाई दैनिक रु ५० हजार माथिल्लो तहले लिने गरेको कुरा सार्वजनिक भएको र यो देशको बेइज्जतीको कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077