Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद् लामो समय अवरुद्ध गर्ने काम ठिक थिएन : योगेश भट्टराई

संसद् लामो समय अवरुद्ध गर्ने काम ठिक थिएन : योगेश भट्टराई

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसद् सञ्चालन हुनु सकारात्मक पक्ष रहेको बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद्लाई लामो समय अवरुद्ध गर्ने काम ठिक नभएको बताए ।

अब बजेटमाथि छलफल गर्नुपर्ने उल्लेख गरे । साथै, विद्यालय शिक्षा विधेयक, निजामति विधेयक छलफल गरी छिटो पारित गर्नुपर्ने जरुरी रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले एक महिनाभित्र भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर अघि बढ्ने भन्ने प्रस्ताव ल्याएको र त्यसमा सत्तापक्षले सहमति जनाए पनि रास्वपाभित्रैको पार्टीको अन्तरविरोधका कारण सहमत हुन नसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077