इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युद्ध र महामारीको समयमा जस्तै सरकारले तीव्र गतिमा काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार इटहरीमा नेपाल तामाङ धेदुङ संघको कोशी प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारले ‘वाह ’ हुने गरी काम गर्नुपर्ने बताए ।
‘अहिलेको सरकार चलाउने मान्छेले वाह ! हुने गरी काम गर्नुपर्ने थियो। किनभने समय नै छैन,’ उनले भने, ‘प्रधानमन्त्री, मन्त्री, मेयर, वडाध्यक्षलगायत प्रत्येक जिम्मेवारी पाएको व्यक्तिले सोच्नुपर्ने बेला आएको छ।’
अहिलेको अस्थिर समयमा नेपालले पर्याप्त लाभ लिनुपर्ने उनले बताए ।