Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले विश्व बैँक नेपालले तयार गरेको छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचा (२०२५–२०३१) लाई बैँकले स्वीकृत गरेकोमा धन्यवाद दिँदै दिगो विकास लक्ष्य हासिल र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नतिका लागि निरन्तर आर्थिक र प्राविधिक सहयोगका लागि खुसी व्यक्त गरे।

प्रमु्ख सिस्लेनले छ वर्षे रणनीतिक सहकार्यको कार्यढाँचाअन्तर्गत नेपालको रोजगारी सृजना, जलवायु अनुकूलन, विपद जोखिम न्यूनीकरण, कृषि, सामाजिक र संस्कृतिका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाए ।

उनले प्रधानमन्त्री ओलीको हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा सहकार्य गर्न आफूहरु तत्पर रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077