Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एनआईसी एशिया बैंकको एटिएमबाट बिना कार्ड इसेवा वालेटको पैसा झिक्न सकिने

एनआईसी एशिया बैंकको एटिएमबाट बिना कार्ड इसेवा वालेटको पैसा झिक्न सकिने

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकले इसेवा वालेट प्रयोगकर्ता आफ्ना ग्राहकलाई बैंकिंग कारोबार गर्न अझ बढी सरल र सहज बनाएको छ ।

बैंकको एटिएमबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको शुरुवात गरेको हो ।

मुलकभर रहेका बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिने बैंकले जनाएको छ ।

एटीएमबाट कसरी निकाल्ने पैसा ?

यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर Financial Payments अन्तर्गत रहेको ATM Withdrawal एन आई सी एशिया बैंक छनौट गर्नुपर्छ ।

अब दिएको निर्देशनअनुसार रु. १०००, रु. २०००, रु. ३०००, रु. ४००० र रु. ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्छ ।

त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ । अब एन आई सी एशिया बैंकको एटिएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इसेवा छनौट गर्नुपर्छ ।

यसअघि मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ ।

हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077