काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई समेटेर वैकल्पिक राजनीतिलाई अगाडि बढाउन वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
१०औँ पार्टी स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिःराजनीतिक पुनःसरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले युवा पुस्तामा वैकल्पिक राजनीतिक चेतना अभिवृद्धि गर्दै मुलुकको आर्थिक समृद्धिमा क्रियाशील हुनुपर्ने बताए ।
ुनयाँ शक्ति जुन उत्साहकासाथ सुरु गरिएको थियो पछिल्लो चरणमा अलिकति बरालिएकै हो, अपेक्षित उपलब्धि हाँसिल नभएकै हो । उपलब्धिलाई टेकेर नेपाललाई समृद्धिको यात्रामा लैजाने भनेर सुरु गरेका थियौँ। तर यो किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्, उनले भने ।