Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

निर्वाचन पद्धति र शासन प्रणालीबारे बहस हुन जरुरी छ : सभामुख घिमिरे

निर्वाचन पद्धति र शासन प्रणालीबारे बहस हुन जरुरी छ : सभामुख घिमिरे

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासन प्रणालीबारे बहस हुन जरुरी रहेको बताएका छन् ।

शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले अहिलेको शासन प्रणाली र निर्वाचन प्रणालीका दोषहरूका बारेमा बहस गरेर अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

लगानी गरेर प्रतिफल प्राप्त गर्न सकिने हुँदा  बहुमतीय प्रणालीमा जान सजिलो भएको बताउँदै उनले भने, ‘पूर्ण समानुपातिकमा जानुपर्छ वा एकल तरिकाहरूमा जानुपर्छ भन्ने जस्ता धेरै बहसहरु चलिरहँदाखेरी हाम्रो छलफल खासगरी निर्वाचन पद्धति र हाम्रा प्रणालीहरुको बारेमा बढी विवेचना हुनुपर्छ ।’

जनप्रतिनिधि शासन प्रणालीमा जाँदा स्थिर र परिणाममुखी ढंगबाट कामहरू गर्ने विधिबारे छलफल चलाउन जरुरी रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077