Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सुशासनका लागि संसद अवरुद्ध गरेका थियौं, सरकार ढाल्न होइन : प्रचण्ड

सुशासनका लागि संसद अवरुद्ध गरेका थियौं, सरकार ढाल्न होइन : प्रचण्ड

शनिवार , जेठ ३२, २०८२

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले सरकार ढाल्ने उद्देश्यले नभई भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई स्थापित गर्न संसद अवरुद्ध गरेको दाबी गरेका छन् ।

झापाको दमकमा शनिबार आयोजित आदिवासी जनजाति मोर्चाहरूको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले माओवादीको मुख्य लडाइँ दलाल पुँजीवाद र प्रतिगमनविरुद्ध रहेको बताउँदै सरकारमा जाने वा फाल्ने विषय प्राथमिकतामा नरहेको बताए ।

उनले भने, ‘हामी यथास्थितिवाद र प्रतिगमनविरुद्धको लडाइँमा छौँ। हामीले संसद रोक्नुको उद्देश्य सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्नु थियो, त्यसमा हामी सफल भयौँ।’

वर्षौंदेखि रोकिएका नागरिकता, शिक्षा र निजामती सेवासम्बन्धी विधेयकहरू पारित गर्न संसद सुचारु हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले ती विधेयकहरू आफूहरू सरकारमा हुँदा नै अघि बढाइएको स्मरण गराए।

पार्टीको बढ्दो लोकप्रियताबाट आत्तिएका शक्तिहरूले माओवादीलाई बदनाम गर्न नियोजित षड्यन्त्र गरिरहेको उनले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077