काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याए पनि प्रतिनिधि सभामा आँफूहरुलेको विरोध जारी राख्ने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै राजीनामा माग्दै आएको रास्वपाले उठाएको यो मुद्दाको सुनुवाइ नभएसम्म अवरोध जारी रहने उनको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एमालेसँग दुई बुँदे सम्झौता गरेर संसद अवरोध खुलाउन सहमति गरेको छ ।
यसअघि,सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेकाले अवरोधको स्वरुप बदल्न रास्वपालाई आग्रह गरेका छन् ।