Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

गोरखामा आवश्यक बजेट नदिएको भन्दै कांग्रेस सांसद बजगाईंले गरे संसद् बैठकमै विरोध

गोरखामा आवश्यक बजेट नदिएको भन्दै कांग्रेस सांसद बजगाईंले गरे संसद् बैठकमै विरोध

आइतवार , आषाढ १, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधिसभा बैठकमा बाल्कोनीमा उभिएर बजेटको विरोध गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप बाल्कोनीमा उभिएर विरोध जनाएका हुन् ।

सरकारले गोरखामा आवश्यक बजेट नदिएको र हरेक वर्ष विनियोजन हुँदै आएको रकम पनि कटौती भएको उनको गुनासो छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालप्रति समेत उनको असन्तुष्टि छ ।

पछिल्ला दुई आर्थिक वर्षमा गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू भौतिक पूर्वाधारमन्त्रीले काटिदिएको भन्दै अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077