काठमाडौं ।आफूलाई नेपालकै ठूलो कुरियर कम्पनी बताउने नेपाल क्यान मुभले ठूलो परिमाणमा कर छली गरेको खुलेको छ।
राजश्व अनुसन्धान विभागले सो कम्पनीका सञ्चालक र सिइओलाई पक्राउ गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)मा चरम बदमासी देखिएपछि विभागले सञ्चालकलाई नै थुनामै राखेर अनुसन्धान अघि बढाएको हो।
सञ्चालकहरू मनिष आचार्य, गंगा बहादुर थापा र सिइओ संगम पौडेललाई विभागले दुई सातादेखि थुनामा राखेको छ।
स्रोतका अनुसार उनीहरुले करिब एक अर्ब रुपैयाँ बराबरको कर छली गरेको पाइएको छ ।
सहायक कम्पनीहरू नेपाल क्यान ट्रान्सपोर्ट, नेपाल क्यान प्याकेजिङ लगायत कम्पनीका कागजपत्र पनि विभागले नियन्त्रणमा लिएको छ ।
सो कम्पनीका मुख्य सञ्चालकहरू सुदीप आचार्य र जीवन ज्ञवाली भने अष्ट्रेलिया बस्दै आएका छन्। अष्ट्रेलियाबाटै उनीहरुले नेपालमा कम्पनी चलाउँदै आएका थिए।
छर छलीको मुद्दा मिलाउन उनीहरु प्रधानमन्त्री निकट व्यक्तिहरुमार्फत डिल गर्ने प्रयास गरिरहेको स्रोत बताउँछ।