Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसदमा आक्रोशित हुँदै कान्छारामले भने–२०८४ को चुनावपछि सिंह र पौडेललाई संसदमा देख्नु नपरोस्

संसदमा आक्रोशित हुँदै कान्छारामले भने–२०८४ को चुनावपछि सिंह र पौडेललाई संसदमा देख्नु नपरोस्

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल दुवै २०८४ को चुनावमा पुनः चुनाव जितेर संसद्‍मा नआउन् भन्ने कामना गरेका छन् ।

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले र अर्थमन्त्री पौडेलले मित लगाए जस्तो योजना साटासाट गरेको भन्दै आवश्यकताको आधारमा योजना छनोट नगरेको बताए ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले अन्य सांसदले जस्तो बजेट किताब नच्यात्ने तर भगवान पशुपतिनाथ र गौतम बुद्धलाई सम्झेर उक्त किताब ढोक्दै उपप्रधानमन्त्रीद्वय सिंह र पौडेल २०८४ को चुनावमा संसदमा देख्नु नपरोस भन्दै कामना गरेका हुन् ।

उनले भने-'मैले सहरी विकास मन्त्रालयको बजेट लिएको छु । साथीहरुले यो किताब च्यात्ने काम गरे । मैले जनताको कर तिरेको पैसाले बनाएको किताब हो, म च्यात्दिन, बुद्ध भगवान र पशुपतिनाथलाई सम्झेर, यो किताबलाई ढोगेर २०८४ को चुनावमा यो दुवै उपप्रधानमन्त्री यो संसदमा नआओस् भन्ने प्राथना गर्छु।'

उनले काठमाडौं बसेर काठमाडौंमै मात्रै योजना हालेको भन्दै प्रकाशमान सिंह देशभरिको नेता बन्न नसकेको बताए । पार्टीमा पनि नेता रहेका प्रकाशमान सिंहले बजेटमा गरेको असमान वितरणको हिसाब किताब पार्टीको १५औं महाधिवेशनमा गर्ने चेतावनी दिए ।

उनले भने–‘तपाईं सुध्रिनुस् भनेर भनिदिएको हो । हरेक मान्छेले तपाईंलाई चयाप्दै ल्याएको छ । । १५औं महाधिवेशनमा तपाईंसँगको कुराको छलफल हुन्छ । हामी पनि महाधिवेशन चुनाव जितेर आउँला नि ।’

बजेटको असमान वितरणबारे पार्टीमै कुरा राख्न खोजेपनि दलले बैठक नराखेकोले संसद्‍मै राखेको उनले बताए । पार्टी सभापति हुने भनेर आशा गरेको व्यक्तिबाट असमान बजेट वितरण हुनुले दुःख लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077