Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अर्थमन्त्रीलाई सांसद शर्माको प्रश्न – तपाई देशको मन्त्री हो कि एउटा झुन्डको ?

अर्थमन्त्रीलाई सांसद शर्माको प्रश्न – तपाई देशको मन्त्री हो कि एउटा झुन्डको ?

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारलाई ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गरेका छन्।

आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको बताएका हुन् ।

उनले भने–‘५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन त ? हाम्रो कर्णाली, मुगु, मुस्ताङ, मधेसको, तराइको, पहाडको ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? तपाईँहरूलाई अलिकति दया लाग्दैनरु त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूको लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ?’

उनले देशको मन्त्री हो कि एउटा झुन्डको मात्रै भन्दै प्रश्न समेत गरे।

उनले भने–‘तपाईँहरूको देशको मन्त्री, नेता हो कि देशको एउटा सानो झुन्ड भित्रको ? तपाईँहरू एक्लै चुनाव जितेर आएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ? अब यही ४–५ वटा जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले भयो त ? तपाईँहरू अर्को पटक सदन चलाउन सक्नुहुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077