काठमाडौं । सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आएका नवराज बोहोराले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन्।
वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेका बोहोराले आज बिहान प्रचण्डसँग भेट गरेका हुन्।
अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने बताए ।
बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दे उनले आँफनो सरकार रहँदा कर्णालीको समृद्धिका लागिगरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारे।
जेठ ४ गतेदेखि खाली खुट्टा हिँडेका बोहोरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका थिए।
आइतबार अभियानकर्मी बोहराले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।