Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै रास्वपा र राप्रपाका सांसदहरू बाहिरिए

मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै रास्वपा र राप्रपाका सांसदहरू बाहिरिए

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् ।

आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए ।

आफूहरु कुनै दल वा नेताको विरोधमा नरहेको भन्दै उनले मानव तस्करी, कुशासन र भ्रष्टाचार विरुद्ध अभियानमा रहेको बताउँदै आएका छन् ।

आफूहरुको माग सुनुवाइ नभएको मन्त्रीको जवाफ नसुन्ने उद्घोष गरेपछि सांसदहरू बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077