Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

गगन थापाले भने - सरकारसँग जनता आजित बनेका छन्

गगन थापाले भने - सरकारसँग जनता आजित बनेका छन्

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारसँग जनताको जहाँ भेटभयो, त्यहाँ रिस उठीहाल्ने बताएका छन् ।

सोमबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले सरकारले उपलब्ध गराउने सेवा सुविधा लिन लामो समय लाइनमा बस्नुपर्ने कुराबाट जनतालाई रिस उठ्ने बताएका हुन् ।

राज्यले उपलब्ध गराउने सेवा प्राप्त गर्न लामो समय लाईनमा बस्नुपर्ने कुराबाट जनता आजित बनेको बताए ।

सेवा प्राप्त गर्न ‘कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्ने बताउँदै उनले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ । सरकार भनेको अलओभर राज्य हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077