Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाले भने - ‘टेक एन्ड पे’ प्रावधान हटाउनू

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाले भने - ‘टेक एन्ड पे’ प्रावधान हटाउनू

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’को प्रावधान हटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले उक्त प्रावधान हटाउन निर्देशन दिएका हुन् ।

देउवाले प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई उक्त प्रावधान हटाइहाल्न आग्रह गरेको बताइएको छ ।

‘यसअघि हाम्रो बैठकमा पनि त्यो हटाउनकै लागि सहमति भएको थियो । त्यसअनुसार नै उहाँले फलोअप गर्नुभएको हो। कांग्रेसको अडान त्यही छ,’ उनले भने ।

सरकारले बजेटमार्फत ल्याएको यो प्रावधानको ऊर्जा उद्यमी तथा सरोकारवालाहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077