Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सत्तापक्षीय दलको बैठक बालुवाटारमा

सत्तापक्षीय दलको बैठक बालुवाटारमा

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तापक्षीय दलको बैठक बसिरहेको छ ।

आज आगामी वर्ष २०८२/०८३ को विनियोजन विधेयक (बजेट) संसद्‌बाट पास गर्ने तयारी छ । त्यसअघि सत्तापक्षीय दलहरूको बैठक बसेको हो ।

बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत नेता सहभागी छन्।

यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077