काठमाडौं । पत्रिका तथा अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारले अवहेलना भएको भन्दै विशेष अदालतले अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन भएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलास गठन भएको हो ।
अदालतको अवहेलना सम्वन्धी एक प्रतिवेदनमाथिको छलफलका क्रममा उक्त इजलास गठन
भएको हो ।
विशेष अदालतका छ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै नवराज सापकोटा लगायतले प्रतिवेदन पेश गरेका थिए ।
त्यही प्रतिवेदनमाथि सुनुवाई गर्न विशेष अदालतका ६ जना न्यायाधीश सम्मिलित इजलास गठन गरिएको हो ।
सामान्यतयाः विशेष अदालतले भ्रष्टाचार मुद्दाको सुनुवाईमा तीन जना बाहेकका न्यायाधीशको इजलास गठन गरेको थिएन ।
तर, अवहेलनाको विषय जोडिएको भन्दै सबै न्यायाधीश सम्मिलित इजलास गठन गरेको हो ।