Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अर्थमन्त्री पौडेलले भने - वृद्धभत्ता उमेरहद सत्तारुढ दलकै सहमतिमा बढाइएको हो

अर्थमन्त्री पौडेलले भने - वृद्धभत्ता उमेरहद सत्तारुढ दलकै सहमतिमा बढाइएको हो

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले उमेर बढाउँदा पनि अहिले खाइपाइ आएको सुविधा भने नखोसिने बताए ।

संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले वृद्धभत्ता पाउने उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए ।

यसअघि ६८ वर्षको उमेरमा पाउँदै आएका वृद्धभत्ता हाल सरकारले उमेर ७० वर्ष पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077