Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

विशेष अदालतले भन्यो - दृष्टिका प्रकाशक श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउनु

विशेष अदालतले भन्यो - दृष्टिका प्रकाशक श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउनु

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । विशेष अदालतको बृहत इजलासले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठ लगायतलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अदालतको अवहेलना सम्वन्धी प्रतिवेदनमाथिको छलफलपछि दृष्टिका संस्थापक श्रेष्ठसहित कार्यकारी सम्पादक एमपी सुब्बालाई उपस्थित हुन आदेश दिएको हो ।

विशेष अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भएको भनिएको समाचारमा कुनै परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेश दिएको छ ।

यस्तै अवहेलनाको मुद्दालाई फौजदारी लगतमा समावेश गर्न आदेश दिएको छ ।

विशेष अदालतका ६ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए ।

त्यही प्रतिवेदनमाथि सुनुवाइ गर्न ६ जना न्यायाधीश सम्मिलित इजलास गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077