Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

‘टेक एन्ड पे’ बारे प्रधानमन्त्रीको स्पष्टोक्ति–राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला जस्तो भो हटाइयो

‘टेक एन्ड पे’ बारे प्रधानमन्त्रीको स्पष्टोक्ति–राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला जस्तो भो हटाइयो

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलविद्युतमा ‘टेक एन्ड पे’ हटाइएको बताएका छन् ।

आजको प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्रीले ‘टेक एन्ड पे’ हटाइएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने–‘एक जना माननीयज्यूले भन्नुभयो– ‘टेक एन्ड पे’ किन हटाउनु भयो ? राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला जस्तो भो हटाइयो ।’

आगामि आर्थिक वर्षको बजेटमा जलविद्युतमा ‘टेक एन्ड पे’ मापदण्ड राखिएपछि चौतर्फी रुपमा विवाद भएको थियो ।

यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको बुँदा नम्बर २२७ का सन्दर्भमा थप स्पष्ट पार्दै नयाँ प्रस्ताव गरेका हुन् ।

उनको प्रस्ताव अनुसार उक्त बुँदामा अब वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यात हुने यकिन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिने छ भन्ने बेहोरा उल्लेख गरिएको छ ।

यसअघि यो बुँदामा ‘जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग सङ्गति मिल्ने गरी सबस्टेसन र प्रसारण लाइन निर्माण गरिने छ । विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने नीति लिइने छ । रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत् खरिद सम्झौता गरिनेछ,’ भन्ने बेहोरो उल्लेख थियो ।

उक्त बुँदामा सत्तारुढ दल एमाले र कांग्रेसबीच नै चर्को विवाद भएसँगै यो विषय सच्याउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077