Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संविधानको रक्षा गर्नु सरकारको कर्तव्य हो : प्रधानमन्त्री ओली

संविधानको रक्षा गर्नु सरकारको कर्तव्य हो : प्रधानमन्त्री ओली

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र, प्रणाली, उपलब्धि, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले आफूमाथि कुनै गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरूको बलिदानप्रतिको अपमान सहन नसक्ने बताए ।

अहिलेको प्रणालीको र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको उनले बताए ।

समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसम्म पुर्‍याउनु अहिलेको सरकारले आफ्नो कर्तव्य ठानेको भन्दै उनले यस कुरामा कुनै कम्प्रोमाइज नगर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077