काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई आज ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने बताए ।
महासचिव पोखरेलले नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताए ।
उनले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको बताए ।