Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

६ वटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

६ वटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न ६ वटा समितिको आज बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

सबै समितिका बैठक सिंहदरबारमा बिहान ११ देखि १ बजेको बीचमा बस्ने जनाइएको छ । अर्थ समिति बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गर्नुका साथै आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरू सम्बन्धमा समसामयिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदा उपर छलफल गर्ने तयारी छ ।

सार्वजनिक लेखा समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखालगायत क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गरिने छ ।

पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिबारे छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077