Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउनु हुन्नँ : पूर्वअर्थमन्त्री महत

उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउनु हुन्नँ : पूर्वअर्थमन्त्री महत

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले उपभोक्ताले खरिद गर्ने सुनमा कर लगाउन नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद महतले यस्तो बताएका हुन् ।

उनले भन्सार लगाएर सीमा नतोकी सुन ल्याउन दिनुपर्ने बताए ।

सुन विलासिताको वस्तु नभएकाले यसमा उपभोक्तालाई मार पर्ने गरी कर थप्न नहुने उनको धारणा छ ।

उनले बाहिरबाट आयात हुने तयारी वस्तुलाई बढी कर लगाएर स्वदेशमा उत्पन्न हुने वस्तुलाई सस्तो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077