काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन् ।
एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व फरफारक गरेका हुन् ।
ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३ हजार ६०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ ।
एमालेको सदस्यता शुल्क मासिक ३०० रुपैयाँ रहेको छ । ओलीले लेबीबापत १२ महिनाको ३ लाख बुझाएका हुन् ।
एमाले नेता कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउने गरेका छन् ।
सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउँदै आएको छ ।