काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
पार्टी कार्यालय च्यासलमा पार्टीको सचिवालय बैठक सुरू भएको हो । बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।
एमालेले आगामी भाद्र २०, २१ र २२ गते विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।
अधिवेशनले विधानलाई अद्यावधिक र आगामी संगठनात्मक कार्यदिशा तय गर्ने छ ।