काठमाडौं । नेकपा एमालेले साउन ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
बुधबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
केन्द्रीय कमिटीको बैठक अघि साउन २ गते पोलिटव्युरो बैठक बस्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते सनराइज हल गोदावरीमा गर्ने निर्णय भएको उनले बताए।