Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एमालेको निष्कर्ष - सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक

एमालेको निष्कर्ष - सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । नेकपा एमालेले दुई दलको मुख्य सहभागितामा बनेको वर्तमान सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक ठहर गरेको छ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले सरकारको कार्यसम्पादन, राष्ट्रिय राजनीति र समसामयिक घटनाक्रमबारे समिक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै भने, 'सरकारको एक वर्षे कार्यकाल स्थायित्वको बलियो आधार बन्दै गएको, अर्थतन्त्रले बिस्तारै लय समाउन थालेको र विरोधका स्वरहरू मत्थर हुँदै गएको निष्कर्षमा पुगिएको छ।''

ज्ञवालीका अनुसार सचिवालय बैठकले प्रतिगामी प्रयासहरू निस्तेज हुँदै गएको भन्दै सरकारको राजनीतिक हैसियत बलियो बनेको मूल्यांकन गरेको छ।

एमालेले समग्रमा देशले सही दिशा लिएको र सरकारमा एमाले नेतृत्व प्रभावकारी देखिएको बताएको छ। तर, सुशासन र सेवा प्रवाहमा अझै सुधारको आवश्यकता रहेको निष्कर्ष पनि बैठकले निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077