काठमाडौं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित भएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेतृ रामकुमारी झाँक्री बुधबार साँझ अदालत पुगेकी छन्।
झाँक्री पार्टी अध्यक्ष नेपालसँग इजलास कक्षमै पुगेर भेट गरेकी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा अनियमितता प्रकरणमा मुद्दा दायर गरेपछि नेपाल आज विशेष अदालतमा उपस्थित भएका थिए।
थुनछेक बहस सकिएपछि न्यायाधीशहरू आदेश लेखनमा व्यस्त छन्। अध्यक्ष नेपालसहित वरिष्ठ कानुन व्यवसायीहरू गोविन्द बन्दी, शम्भु थापा, रमण श्रेष्ठलगायत अदालतभित्रै आदेशको प्रतीक्षामा रहेका छन्।