Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

राष्ट्रियसभा बैठक आज बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । संघीय संसद् राष्ट्रयसभाको बैठक आज बस्दै छ ।

सवा १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३क को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077