काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।
ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बिहान प्रस्थान गरेका हुन् । जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल इस्तानबुल गएका हुन् ।
समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भुपरिवेष्ठितबाट भुजडीत प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरूका विषयमा सम्बोधन गर्ने छन्।
मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको छ।