Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

सवारी दुर्घटनामा परी साउदले परदेशमै गुमाए ज्यान

सवारी दुर्घटनामा परी साउदले परदेशमै गुमाए ज्यान

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । भारतमा भएको सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ ।

भारतको हरियाणामा सडक दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका–८ सेला घर भएका २५ वर्षीय महेश साउदको मृत्यु भएको हो।

बुधबार राति ११ बजे पिपलीस्थित काम सकेर कोठामा फर्किने क्रममा गाडीको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको हो ।

महेश वैदेशिक रोजगारीको सिलसिलामा भारत गएका थिए। उनको निधनसँगै परिवार शोकमा डुबेको छ।

पाँच वर्षीय छोरा, श्रीमती र वृद्ध बुवालाई छाडेर परदेश पुगेका महेशको असामयिक निधनले सिङ्गो गाउँ नै शोकमा परेको छ।

मृतकका आफन्तका अनुसार घरको एक्लो कमाउने व्यक्तिको निधनले परिवार ठूलो संकटमा परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077