Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

मुकुल ढकालको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चल छलफलका लागि दुबै पक्षलाई बोलायो

मुकुल ढकालको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चल छलफलका लागि दुबै पक्षलाई बोलायो

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सुनुवाइपछि दुवै पक्षलाई १७ गते मंगलबार छलफलका लागि बोलाउन सर्वोच्च अदालतले आदेश दिएको हो ।

सर्वोच्चले रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्नका लागि मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।

निर्वाचन आयोगले आफ्नो रेकर्डमा रास्वपाको विवरण अद्यावधिक नरहेको सूचना उनलाई दिएपछि ढकालले अदालतमा रिट दायर गरेका हुन् । उनले अदालतबाट उत्प्रेषण आदेशको माग गरेका छन् ।

ढकालले रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, केन्द्रीय कार्य समिति, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हाल कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका रवि लामिछानेलाई प्रतिवादी बनाएका छन् ।

रास्वपाले २०८१ भदौ ११ गते डा। ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। त्यसअघि, २०८१ असार २० गते पार्टी अनुशासन उल्लंघन गर्दै अभद्र, अशोभनीय र अनुशासनहीन व्यवहार देखाएको आरोपमा उनलाई महामन्त्री पदबाट निलम्बन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077