Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

मधेसको बजेटप्रति सरकारको नेतृत्वकर्ता दल नै रुष्ट, छलफलमा सहभागी नहुने विपक्षी पाँच दलको निर्णय

मधेसको बजेटप्रति सरकारको नेतृत्वकर्ता दल नै रुष्ट, छलफलमा सहभागी नहुने विपक्षी पाँच दलको निर्णय

बिहिवार , आषाढ १२, २०८२

जनकपुर । मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेटलाई लिएर सरकारको नेतृत्वकर्ता दल जनमत पार्टी नै असन्तुष्ट भएर सरकार नै छाड्नेसम्मको चर्चा भइरहँदा विपक्षी दलले पनि बजेटको छलफलमै सहभागी नहुने निर्णय गरेको छ ।

बिचौलियाको स्वार्थमा रेडबुकममा बजेट राखिएको भन्दै पाँच विपक्षी दलले संयुक्तरुपमा सदनको बैठकमा सहभागी नहुने निर्णय गरेको माओवादीका प्रदेश सांसद युवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहीबार बसेको विपक्षी मोर्चाको बैठकले बजेटमा बिचौलियाको प्रवेश भएको ठहर गरेको छ । त्यसकारण बजेटको बारेमा हुने कुनै पनि छलफलमा नजाने विपक्षी मोर्चाको निर्णय गरेको उनले बताए ।

मधेस सभामा विपक्षी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा र नेपाल संघीय समाज वादी पार्टी रहेका छन् ।

सत्ताको नेतृत्वकर्ता दल र प्रतिपक्षले समेत बजेटको विषयमा विरोध जनाउन थालेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि स्थगित भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशीष यादवले सभामुख सरकारको कठपुतली बनेको आरोप लगाउँदै अब हुने बजेट छलफल बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

उनले बजेटमा बिचौलियालाई प्राथमिकता दिइएको गुनासोसमेत गरेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले संसदलाई कसैको इसारामा बन्दी बनाइएको आरोप लगाउँदै सभामुख र सरकारको शैलीप्रति आपत्ति जनाएका छन् ।

यता, प्रदेश सभामुख रामचन्द्र मण्डलले सरकारको आग्रहमा सदनको बैठक स्थगित गरिएको बताए ।

कांग्रेसका अर्थमन्त्री सुनिल यादवमाथि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहलाई समेत बाइपास गरेर बजेट ल्याएको आरोप लागेको छ । बजेटमा बाइपास गरिएको भन्दै जनमतले सरकारमा बस्ने वा छोड्ने भन्ने विषयमा छलफल थालिसकेको छ ।

अर्कोतिर सरकारको नेतृत्वकर्ता दलका अध्यक्ष डा. सिके राउतले पनि बजेट पढेपछि आफू पनि पीडित रहेको बताउँदै सामाजिक सञ्जालमा असन्तोष पोखेका छन् ।

उनले लेखेका छन्–‘मधेश सरकारको रेडबुक बारे ः तपाईं जस्तै म पनि पीडित हो, पार्टी सदैव तपाईंहरूको साथमा छ । मधेश सरकारको वार्षिक कार्यक्रम २०८२र८३ रेडबुक आएको छ, झल्झल्ती हेर्दा जनमत पार्टीले लिएको नीति, सिद्धान्त र ’भिजन’बाट हामी वंचित भएको आभाष भएको छ ।’

काँग्रेसबाट अर्थ मन्त्री रहेका सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटको रेडबुक दशदिनपछि बुधबार मात्रै सांसदहरुको हातमा परेको छ ।

मधेशमा जनमतकै नेतृत्वमा सरकार छ । जनमतकै सतिशकुमार सिंह मुख्यमन्त्री छन् । उनै मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले गत असार १ गते ल्याएको बजेटमा जनमतकै अधिकांश योजना नपरेको डा. सिके राउतले गुनासो मात्र गरेका छैनन् बिचौलियाबाट योजना समेत राखिएको दावी गरेका छन् ।

‘जनमत पार्टीले जनताको बीचमा गएर माग गरेका अधिकांश योजनाहरू परेका छैनन्, न त जनमत पार्टीले राखेका गौरवका योजनाहरूरभिजनरी कार्यक्रमहरू नै परेको छ’, उनले लेखेका छन्–‘बिचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरूमा २५–५० लाख, २ करोड, ४ करोड बजेट राखिएको छ भने जनमत पार्टीले सिफारिश गरेका कार्यक्रम परिहाले पनि ५–५ लाख बजेट छुट्टयाइएको छ ।’

राउतले बजेटप्रति पोखेको असन्तुष्टि र लगाएको गम्भीर आरोपले तरंग पैदा भएको छ । यसले प्रमुख प्रतिपक्षी दललाई पुनः बल पुगेको छ ।

मधेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077