Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिकको मृत्यु

इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिकको मृत्यु

शुक्रवार , आषाढ १३, २०८२

एजेन्सी । इरानको विज्ञान तथा प्रविधि विश्वविद्यालयले इजरायली आक्रमणमा एक वरिष्ठ आणविक वैज्ञानिकको मृत्यु भएको पुष्टि गरेको छ ।

बीबीसी फारसीका अनुसार मृतक वैज्ञानिक सोलेमानी रासायनिक इन्जिनियरिङमा स्नातक र आणविक प्रविधिका विज्ञ थिए ।

विश्वविद्यालयले वैज्ञानिक सोलेमानीको मृत्यु हालैको इजरायली आक्रमणमा भएको जनाएको छ, तर उनको मृत्यु कहाँर कसरी भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

इरानका विभिन्न भागमा भएको सैन्य कारबाहीमा इजरायलले आणविक र सैन्य प्रतिष्ठानहरू मात्र नभई वैज्ञानिक तथा उच्चस्तरीय सैन्य कमाण्डरहरूलाई समेत लक्षित गर्दै आएको छ ।

यसै सन्दर्भमा वैज्ञानिक सोलेमानीको पनि निशानामा परेर ज्यान गएको बताइएको छ । इजरायल–इरान युद्धको १२ दिने द्वन्द्वपछि युद्धविरामको घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077