Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिका–चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

अमेरिका–चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

शनिवार , आषाढ १४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापारसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको बताएका छन्  ।

यसै साता लन्डनमा उच्चस्तरीय वार्तापछि व्यापार युद्ध सम्झौताका लागि महत्वपूर्ण सम्झौता भएको ट्रम्पले ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्पले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए ।

अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो साताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए ।

‘हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौं,’ ट्रम्पले बिहीबार भने । ट्रम्पका अनुसार चीनले अमेरिकी प्रविधि कम्पनीलाई म्याग्नेट र दुर्लभ खनिज (रेयर अर्थ मेटल्स) आपूर्ति गर्न सहमति जनाएको छ । त्यसको सट्टामा अमेरिकाले पनि चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने धम्की फिर्ता लिनेछ ।

‘चीनसँग हाम्रो सम्झौता सम्पन्न भएको छ । यद्यपि, अन्तिम अनुमोदनका लागि राष्ट्रपति सी र मबीच औपचारिक सहमति हुन बाँकी छ,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077